भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

ललितपुर योगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटियो

ललितपुर योगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटियो

ललितपुर । योगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटिएको छ । भक्तपुर र ललितपुरको सिमानास्थित लुबुँमा उक्त शिवलिङ्ग भेटिएको हो । शिवलिङ्गको गोलाई १२ इन्च, जलद्रोणीसहित १६ इन्च र उचाइ ६ इन्च रहेको छ ।

केही भाग चोइटिएको कारण अध्ययनमा केही कठिनाइ भएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ८ लुबुँको अन्नडोलमा मल्ल राजा योगनरेन्द्र मल्ल नामांकित शिवलिङ्ग फेला परेको हो ।

घर बनाउने प्रयोजनका लागि इनार खन्ने क्रममा शिवलिङ्ग भेटिएको स्थानीयको भनाई छ । अक्षर उत्कीर्ण शिवलिङ्गको ऐतिहासिकताबारे अध्ययन गर्न उपप्राध्यापक सुरेश बखुन्छें, सञ्चारकर्मी हरिसुन्दर छुकां, आर्किटेक्ट सिर्जना प्रजापति र इन्जिनियर तुल्सीलाल बासुकलाको टोली उक्त स्थानमा पुगेका थिए ।

टोलीले उक्त शिवलिङ्गमा उत्कीर्ण अक्षर र शब्द अध्ययन गर्ने क्रममा उक्त शिवलिङ्ग योगनरेन्द्र मल्लकालीन भएको पत्ता लागेको हो । उक्त शिवलिङ्गमा नेपाल संवत् ८१६, योगनरेन्द्र मल्ल, शिवलिङ्ग, न्येमा, , लुवु, माघ शुक्ल लगायतका अक्षर रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.