भर्खरै : Sorry, your browser does not support inline SVG.
डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोप | कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब | अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा | काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने | ट्रक दुर्घटना हुँदा कालीकोटमा एक जनाको मृत्यु | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी | चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे | नेपालमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा सबै भन्दा कम प्रगति |

ललितपुर योगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटियो

ललितपुर योगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटियो image

ललितपुर । योगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटिएको छ । भक्तपुर र ललितपुरको सिमानास्थित लुबुँमा उक्त शिवलिङ्ग भेटिएको हो । शिवलिङ्गको गोलाई १२ इन्च, जलद्रोणीसहित १६ इन्च र उचाइ ६ इन्च रहेको छ ।

केही भाग चोइटिएको कारण अध्ययनमा केही कठिनाइ भएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ८ लुबुँको अन्नडोलमा मल्ल राजा योगनरेन्द्र मल्ल नामांकित शिवलिङ्ग फेला परेको हो ।

घर बनाउने प्रयोजनका लागि इनार खन्ने क्रममा शिवलिङ्ग भेटिएको स्थानीयको भनाई छ । अक्षर उत्कीर्ण शिवलिङ्गको ऐतिहासिकताबारे अध्ययन गर्न उपप्राध्यापक सुरेश बखुन्छें, सञ्चारकर्मी हरिसुन्दर छुकां, आर्किटेक्ट सिर्जना प्रजापति र इन्जिनियर तुल्सीलाल बासुकलाको टोली उक्त स्थानमा पुगेका थिए ।

टोलीले उक्त शिवलिङ्गमा उत्कीर्ण अक्षर र शब्द अध्ययन गर्ने क्रममा उक्त शिवलिङ्ग योगनरेन्द्र मल्लकालीन भएको पत्ता लागेको हो । उक्त शिवलिङ्गमा नेपाल संवत् ८१६, योगनरेन्द्र मल्ल, शिवलिङ्ग, न्येमा, , लुवु, माघ शुक्ल लगायतका अक्षर रहेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda