भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

औसत ९ दशमलव ५ प्रतिशत मात्रै पानी परेकाले, कृषीबालीमा समस्या

औसत ९ दशमलव ५ प्रतिशत मात्रै पानी परेकाले, कृषीबालीमा समस्या

काठमाण्डौ । यस वार्ष सुक्खा हुने जोखिम बढेको छ । अघिल्ला दुईवटा हिउँद सुक्खा भएको भएपनि यस वर्ष त्योभन्दा बढी सुख्खा हुने देखिएको हो । हिउँदमा पानी पार्ने केही प्रणाली भित्रिए पनि मध्य नेपाल पार गरेर पूर्वतर्फ जानै नसकेको र पोखरालगायत गण्डकी प्रदेशमै कम पानी परेको छ ।

नेपालको मौसमी पात्रोमा मङ्सिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । यो वर्षको हिउँद सकिन १६ दिन मात्र बाँकी रहँदा औसत ९ दशमलव ५ प्रतिशत मात्रै पानी परेको जलवायु विपदविज्ञको भनाई छ ।

यसवर्ष १० प्रतिशत पानी पनि परेको छैन । हिउँद सुक्खा हुँदा डढेलोका घटना बढिसकेका छन् । कृषीबालीमा समस्या आइसकेको छ ।
प्रदुषण बढेकाले वातावरणसँगै मानिसको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ ।

नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन । अबको १५ दिनपछि पानी पार्ने अर्को प्रणाली आउने सम्भावना भए पनि पश्चिममै सीमित हुने जलवायु विपदविज्ञहरुको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.