भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

युवालाई सिर्जनशील र उद्धमशील बनाउन एक सय ६० घन्टे कुक तथा वेयटर तालिम

युवालाई सिर्जनशील र उद्धमशील बनाउन एक सय ६० घन्टे कुक तथा वेयटर तालिम

काठमाडौं । एक सय ६० घन्टाको कुक र वयटर तालिम बाग्मती प्रदेश सरकार युवा तथा खेल्कुद मन्त्री रमा आले मगरले उद्घाटन गर्नु भएको छ । बागमती प्रदेश सरकार, युवा तथा खेल्कुद मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती काठमाडौंले मंगलबार गरेको कार्यक्रममा बाग्मती प्रदेश सरकार युवा तथा खेल्कुद मन्त्री आलेमगरले काठमाडौं महानगरको २६ नं वडाको गोङगबुमा तालिम उद्घाटन गर्नु भएको हो ।युवालाई सिर्जनशील र उद्धमशील बनाउन कुक र वेयटर लालिम

सिप सिकौँ, स्वरोजगार बनौँ भन्ने मुल नारालाई आत्मसात गर्दै प्रदेश सरकारले यो बर्ष सीप बर्ष घोषण गरेको छ र सोहि अनुरुप २१ वटा विषयमा युवाहरुलाई निःशूल्क तालिम प्रदान गरेको बताउनुभयो । उहाँले थप युवालाई सिर्जनशील र उद्धमशील बनाउन आफ्नो प्रयास जारी रहने बताउँदै तालिममा राम्रोसंग सिक्न र सिकाउँन अनुरोध गर्नुभयो ।युवालाई सिर्जनशील र उद्धमशील बनाउन कुक र वेयटर लालिम

कार्यक्रममा काठमाडौं जिल्ला युवा समिति अध्यक्ष रुपा थापा मगरले वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवालक्षित तालिम संचालन गरिएको जानकारी दिनुभयो । काठमाडौं जिल्ला युवा समितिले विभिन्न क्षेत्रहरुमा  सीपमुलक तालिम सन्चालन गर्दै आयको छ ।

 


Thali Mobile Pvt.Ltd.