भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

अक्सिजन उत्पादन र आइसीयु सेवा

अक्सिजन उत्पादन र आइसीयु सेवा

फुङ्लिङ । ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो । विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने समस्या समाधान हुँदै जाने भट्टराईले बताए । उहाँले भन्नुभयो,“स्वास्थ्य क्षेत्रमा प्रविधिले फड्को मारिरहेको समयमा एउटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष स्थापना गर्नु कुनै ठूलो कुरा होइन, तर ताप्लेजुङ जस्तो दुर्गम र हिमाली जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्थ सेवा पाउनु भनेको ठूलो कुरा हो ।”

जिल्ला अस्पतलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नसके पाथीभरा मन्दिरमा दर्शन गर्न आउने धार्मिक पर्यटक, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न तथा ताप्लेजुङको विभिन्न पर्यटकीयस्थलमा आउने पर्यटकरुलाई पनि सहज रुपमा सेवा दिनसकेमा पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने भट्टराईले बताए । रु ७१ लाख ५० हजारको लागतमा अक्सिजन प्लान्ट जडान र पाँच करोडमा सघन उपचार कक्ष बेड स्थापना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुुपरीटेण्डेन्ट डाक्टर सोनिङ लामाले बताए ।

अक्सिजन प्लान्ट जडान पूरा भएकोले अब यही प्लान्टमार्फत २४ घण्टामा ६०–६५ किलोग्रामको २० थान अक्सिजन सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालले जनाएको छ । अस्पतालमा पाँच श्ययाको सघन उपचार कक्ष भए पनि भवन अभावले अहिले दुई श्ययाको मात्र जडान भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए । उपकरण सबै जिल्ला अस्पतालमा आइसकेको भए पनि पाँच श्ययाको उपचार कक्ष बेड राख्ने ठाउँ नभएको मादेनले बताए । प्रविधि जडान भएसँगै दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने मादेनले बताए ।