भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

अनलाइन जुवाको जालो मौलायो

अनलाइन जुवाको जालो मौलायो

काठमाडौँ। काठमाडौँ प्रहरीले काठमाडौँको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालकसहित ७४ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६, बौद्धस्थित प्लटिङको रेस्टुरेन्टमा अनलाइन जुवा खेलिरहेकामा ६६ जना पुरुष र आठ जना महिला आइतबार पक्राउ परेका हुन ।
दोलखाका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेस्‍टुरेन्टमा वीरेन्द्र मानन्धरले अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालन गरेको खुलेको छ ।

मोबाइलमा बिङ्गो एपबाट जुवाका खेल भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रहरीले उनीहरूबाट अनलाइन बिङ्गो खेल्न प्रयोग भएका मोबाइलसहित छ लाख १९ हजार २५० रुपियाँसमेत बरामद गरेको जनाएको छ । यही माघ ११ गते पनि काठमाडौँको ठमेलबाट अनलाइन जुवा सञ्चालन गर्ने बागलुङका राकेशकुमार क्षेत्री र भारतीय नागरिक जसपाल सिंह पक्राउ परेका थिए । सोह्रखुट्टेबाट खटिएको प्रहरीले उनीहरूका साथबाट एक लाख ५५ हजार नगद र लाखौँका बैङ्क भौचर तथा चेक बरामद गरेको थियो ।

पक्राउ परेका क्षेत्रीले सञ्चालन गरेको होस्टेलबाट अनलाइन बेटिङ र सट्टेबाजीसमेत हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जुवा कमिसन विवादपछि प्रहरीले सो घटना पत्ता लगाएको थियो । अनलाइनबाट सञ्चालन हुने कतिपय एप्स नेपालमा खुलेआम प्रयोग हुनु र कानुनी कारबाहीको पक्ष कमजोर हुँदा यस्तो कारोबार बढ्ने क्रममा रहेको प्रहरीको दाबी छ । उनीहरुले कानुन अनुसार कारबाही हुने काठमाडौं प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.