भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पुनः अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालन हुने

पुनः अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालन हुने

काठमाडौं । हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ । असोज महिनाभित्र अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल, गरेको छ ।

सूचना, सञ्चार र प्रविधिको विकाससँगै हुलाक सेवाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डाँक सेवालाई पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक इन्दु घिमिरेले बताए ।

द्रुत डाँक सेवा, पार्सल सामान वा मालवस्तु र चिठ्ठिपत्रको काम गर्दै आएको विभागले आन्तरिक द्रूत सेवाअन्तर्गत हवाईमार्गमार्फत काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, मोरङ, धनुषा, बारा, रुपन्देही, बाँके र कैलाली जिल्लामा एक दिनमा पर्बत, स्याङ्जा, तनहुँ, सुनसरी, सप्तरी,

सिरहा, महोत्तरी, रौतहट, कपिलवस्तु, नवलपरासी, चितवन, बर्दिया, सुर्खेत, कञ्चनपुर, मुगु, डोल्पा र जुम्लामा दुई दिन र बाँकी जिल्लामा तीन दिनमा सेवा प्रदान गर्दै आएको छ ।

हुलाकले अन्य कम्पनीले भन्दा सस्तो शुःल्कमा डाँक सेवा सञ्चालन गरेकाले विभागले प्रभावकारी रुपमा यसलाई प्रचारप्रसार गर्नुपर्नेमा नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदारप्रसाद प्रधानले जोड दिए ।

विभागलाई अझै प्रभावकारी र विश्वासिलो बनाउन हरेक गतिविधि पारदर्शी हुनुपर्ने उनको भनाइ छ । विभागलाई विश्वसनीय र भरपर्दो संस्थाको रुपमा विकास गर्न भ्रष्टारको अन्त्यसँगै कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा पूर्वसचिव भुवनेश्वर प्रधानले जोड दिए।

यसैबीच हुलाक सेवालाई प्रभावकारी बनाउन दीर्घकालीन योजना बनाएर अगाडि बढ्न विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत विशालराज गौतमले सुझाव दिए ।

हवाई मार्गबाट देशभित्रै डाँक ढुवानी गर्न यति एयरलाइन्स, नेपाल एयरलाइन्स, श्री एयरलाइन्स र बुद्ध एयरलाईन्ससँग सम्झौता गरिएको छ । नेपालको पुरानो, विश्वसनीय, जनमनमा बसेको संस्था हुलाक सेवालाई पुनःक्रियाशील र पुनःजीवित बनाउने

योजना महानिर्देशक घिमिरेले सुनाए । व्यक्तिगत र संस्थागत इएमएस, पार्सल, चिठीपत्र हुलाकमार्फत ढुवानी गर्न केही सुधारका कार्य गर्ने विभागले योजना बनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.