भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ |

आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय टेक्स कार्यक्रम अन्तर्गत डिप्लोमा तहका नव आगन्तुक विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार देशकै नमूना विद्यालयको रुपमा ख्याति प्राप्त वागीश्वरीका विद्यार्थीहरु इमान्दार र मेहनती रहेको तथ्यलाई निरन्तरता दिनु पर्ने विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्र.अ. मोहनप्रसाद प्राजापतिले बताए ।

प्राविधिक शिक्षा नै देश विकासको एक मात्र माध्यम भएको उनको भनाइ छ ।

प्र.अ. कृष्णप्रसाद धन्छाले नेपाल कै पहिलो इन्जिनियर भक्तपुरको रहेको र भक्तपुरबाट उत्पादित प्राविधिकहरु इमान्दार रहेको बताए ।

टेक्स कार्यक्रका संयोजक दिनेश प्रधान, परीक्षा प्रमुख सुनिल खाईतु र प्रविण तजले टेक्स कार्यक्रमको परीक्षा र अध्ययनबारे धारणा राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.