भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

जनघनत्वमा ठूलो जिल्ला भएपनि शान्ति सुरक्षा पहिलो प्राथमिकताः प्रजिअ श्रेष्ठ

जनघनत्वमा ठूलो जिल्ला भएपनि शान्ति सुरक्षा पहिलो प्राथमिकताः प्रजिअ श्रेष्ठ

भक्तपुर । बाग्लुङ्गबाट जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भई आएकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बताएकी छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारसंँगको अन्तरक्रियामा प्रजिअ श्रेष्ठले शान्ति सुरक्षाको विश्वासनीयतासँगै सुशासन कायम गर्न आफू सधै लागि पर्ने बताइन् ।

सोही क्रममा भक्तपुरमा चोरीका घटना बढेको र चोरलाई समातेर पनि प्रहरीले छोड्ने काम गरेको पत्रकारहरुले गुनासो गरेका थिए । उनकै कार्यकक्षमा भएको परिचयात्मक कार्यक्रममा टेलिभिजन, रेडियो, अनलाइन, छापामाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका पदाधिकारीहरुले श्रेष्ठलाई खादा लगाएर स्वागत गरेका थिए । विभिन्न जात्रा, पर्वहरुमा हुने झगडा, शिक्षा, स्वास्थ्य, सडक, विद्युत, लगायतका कार्यहरुमा प्रशासनले तदारुक्ताका साथ समस्या समाधान गर्न पत्रकारले सुझाव दिएका थिए । सरकारको नीति, नियमको आधारमा रही प्राप्त सुझावहरुलाई पत्रकारसँग मिलेर भक्तपुरको शान्तिसुरक्षा कायम गर्ने कार्यमा लाग्ने श्रेष्ठले बताएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.