भर्खरै : Sorry, your browser does not support inline SVG.

इजरायलमा मृत्यु भएकाको आज अन्त्येष्टि गरियो

इजरायलमा मृत्यु भएकाको आज अन्त्येष्टि गरियो

बझाङ । इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका–११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ ।

अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको हो ।

लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका २५ वर्षीय गणेश नेपालीको हमासले गरेको आक्रमणमा परी मृत्यु भएको थियो ।

परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर इजरायल पुगेका गणेशको निधनले घर शोकमा डुवेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट इन्टर्नका लागि इजरायल पुगेका १० जना नेपाली विद्यार्थीको हमास आक्रमणका कारण ज्यान गएको थियो ।

 


Thali Mobile Pvt.Ltd.