भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

इजारायली सेनाद्वारा गाजापट्टीको अस्तालमा आक्रमण, पाँचसय भन्दा बढीको मृत्यु

इजारायली सेनाद्वारा गाजापट्टीको अस्तालमा आक्रमण, पाँचसय भन्दा बढीको मृत्यु

एजेन्सी । इजारायली सेनाको आक्रमणबाट गाजापट्टी पाँच सयबढीको मृत्यु भएको छ । गाजापट्टीको एक अस्पतालमा भएको हवाई हमलामा पाँच सय बढीको मृत्यु भएको आशंका गरिएको हो । हमासको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ ।

इजरायलले भने आफुहरुले अस्पतालमा आक्रमण नगरेको दावी गर्दै प्यालेस्टाइनको अर्को कट्टरपन्थी समुह प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको दावी गरिरहेको छ । तर इजरायली दावीलाई प्यालेस्टाईन र अरब देशहरले झुटको संज्ञा दिएका छन् ।

गाजापट्टीको अल अहली अरब अस्पतालमा गरिएको हवाई हमलापछी अस्पताल भवन भग्नावशेषमा परिणत भएको छ । भग्नावशेषमा सयौं च्यापिएको अनुमान गरिएको छ । प्यालेस्टाइनमा नेता महमुद अब्बासले भने इजरायली बर्बरताको सिमा नाघेको प्रतिक्रिया दिएका छन् । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसियसले अस्पतालमा भएको रकेट हमलाको भत्सर्ना गर्दै नागरिकको स्वास्थ्य सुरक्षाको रक्षा गर्न माग गरेका छन् ।

इजरायलले गाजापट्टीको उत्तरी भेग खाली गर्न आदेश दिएको केही दिनमै अस्पतालमा भिषण हमला भएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो घटनालाई आतंकबादी हमलाको संज्ञा दिंदै इजरायली बालबालिकाको हत्या गरेको हमासले आफना बालबालिकाको पनि अनाहकमा ज्यान लिएको प्रतिक्रिया दिएका छन् ।

यसैबीच जोर्डनले अमेरिकी राष्ट्रपतिसहितको शिखर सम्मेलन रद्द गरेको छ । जोर्डनको अम्मानमा भोलि अमेरिकी राष्ट्रपति बाइडेनसहित जोर्डन, प्यालेस्टाइन र इजिप्टका अधिकारी सम्मीलित शिखर सम्मेलन तय भएको थियो । तर जोर्डनले वर्तमान समयमा इजरायलले गाजापट्टीमा जारी राखेको आक्रमण रोक्नेबाहेक अन्य कुनै विषयमा वार्ता गर्नुको औचित्य नरहेको भन्दै सम्मेलन स्थगित गरेको हो ।