भर्खरै : Sorry, your browser does not support inline SVG.

इलामको शिर सन्दकपुरमा खानेपानीको संकट, होटल व्यवसायीहरु गाडीमा पानी ढुवानी गर्न बाध्य

इलामको शिर सन्दकपुरमा खानेपानीको संकट, होटल व्यवसायीहरु गाडीमा पानी ढुवानी गर्न बाध्य

इलाम । इलामको सन्दकपुरमा खानेपानीको संकट भएको छ । सन्दकपुर गाउँपालिकामा खानेपानीको समस्या भएको हो । यहाँका स्थानीयले गाडीमा पानी ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । ३६ सय ३६ मिटर उचाईमा रहेको सन्दकपुर इलामको शिर र पर्यटकहरुको आकर्षणको केन्द्र भएपनि खानेपानीको समस्याले संकटमा परेको छ ।

बस्तीमुनि माई नदीको मुहान क्षेत्र भएकाले यहाँ बसोबास गर्नेहरुका लागि गाडीमा पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । धेरै पर्यटकहरु आउने गरेको यस ठाउँमा खानेपानीको समस्या समाधानका लागि होटल व्यवसायीले गाडीमा पानी ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । सन्दकपुर–२ मा अवस्थित सन्दकपुरमा नेपाल र भारत दुवैपट्टी होटलहरु रहेका छन् । होटल व्यवसायीले पिकअपमा प्लाष्टिकको ट्यांकीबाट पानी ढुवानी गर्दै आएका छन् ।

पिकअपमा दुई वटा प्लाष्टिकको ट्यांकीबाट पानी ढुवानी गरेको प्रत्येक ट्रिपको ८ सय रुपैयाँ लाग्ने गरेको छ । माइ नदीको मुहान क्षेत्र सन्दकपुरमा खानेपानीको समस्या भएको हो । वर्षायाममा पानी ढुवानीका लागि कच्ची सडक बाधक छ भने हिउँदामा पानीको मुहान नै जमेर बरफ बन्छ । जसले गर्दा स्थानीयले हिउँदामा हरेक दिन बरफ पग्लेपछि पानी संकलन गर्ने गरेका छन् ।

कोशी प्रदेश सरकारबाट सन्दकपुरमा खानेपानी पुर्याउन लिफ्टिङ प्रविधिबाट आयोजना संचालनका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । नेपाल, भारत, भुटान र चीनको तिब्बतका ६० भन्दा बढी हिमश्रृंखला दृश्यावलोकन गर्न सकिने सन्दकपुरमा विश्वका धेरै पर्यटकहरु पुग्ने गरेका छन् । होटल व्यवसायीको सुविधाका लागि कोशी प्रदेश सरकारबाट खानेपानीको सहज सुविधा उपलब्ध गराउन खानेपानी आयोजनाको काम भइरहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.