भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

उद्यमी कृषकलाई सहुलियतपूर्ण ऋण प्रवाह गर्ने

उद्यमी कृषकलाई सहुलियतपूर्ण ऋण प्रवाह गर्ने

दोलखा । उद्यमी कृषकलाई बैंकले सहुलियतपूर्ण ऋण प्रवाह गर्ने भएका छन्। दोलखाका मेलुङ र तामाकोसी गाउँपालिकाले पालिकाभित्र रहेका उद्यमी कृषकहरूलाई सहुतियतपूर्ण ऋण प्रवाह गर्ने भएका हुन । पालिकाले हिमालयन, प्रभु र लक्ष्मी सनराज बैंकबीच सम्झौता समेत गरेका छन्।

कर्जा प्रवाहमा उद्यमी तथा कृषकलाई विनाझन्झट कर्जा प्रवाह गर्न अनुरोध गरिएको छ । विगतमा पनि बैंकहरूले कर्जा प्रवाह गर्दा नागरिकले धेरै समस्या खेपेपनि यस्ता समस्या समाधान गर्दै काम गर्नुपर्ने जनाएको छ ।

कर्जाका लागि तामाकोसी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, मेलुङ गाउँपालिका अध्यक्ष हीराकुमार थोकर र तीनवटै बैंकका प्रमुख तथा प्रतिनिधिबीच हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्धन गरी उत्पादन एवं रोजगारी बढाउन, देशभित्रै रोजगारी सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरूको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्ने उल्लेख गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.