काठमाडौं । सरकारले प्रति विद्यालयलाई ५ लाख बजेटको व्यवस्था गरेको छ। सरकारले पढ्दै कमाउँदै कार्यक्रमका लागि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले प्रति विद्यालयलाई ५ लाख बजेट स्वीकृत गरेको हो ।
सरकारले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका ०८० र ८१ मा आव ०७८ र ७९ मा छनोट भएका विद्यालयका लागि बजेट विनियोजन गरेको हो । शिक्षा मन्त्रालयले स्थानीय तहलाई कार्यविधि बमोजिम कार्यक्रम सञ्चालनका लागि विद्यालयलाई सुरुमा ५० प्रतिशत रकम उपलब्ध गराउनु भनेको छ।
विद्यालयबाट कार्ययोजनामा उल्लिखित कार्यक्रमहरूको कार्य प्रगतिको नियमित अनुगमन गरेर सोका आधारमा मात्र बाँकी ५० प्रतिशत रकम उपलब्ध गराउनुपर्ने कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख छ।
कार्यक्रम कार्यान्वयन पुस्तिकामा भनिएको छ, ‘कार्यक्रम निरन्तरताका लागि अनुदान प्राप्त स्थानीय तहले आव ०७८र७९ मा छनोट भएका विद्यालयका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ मा उल्लिखित कार्य प्रक्रियाबमोजिम विद्यालयका लागि यस आवमा प्रति विद्यालय ५ लाख बजेट विनियोजन गरिएको छ।’
