भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उपत्यकाका १६ अस्पतालमा ८८ हजार ट्याब्लेट सिटामोल

उपत्यकाका १६ अस्पतालमा ८८ हजार ट्याब्लेट सिटामोल

काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकाका १६ वटा अस्पताललाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ । पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १०र१० हजारका दरले सिटामोल वितरण गरिए स्वास्थ्य मन्त्रालयले जनाउको छ ।

राष्ट्रिय ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई ६ र ६ हजार तथा निजामती अस्पताल नयाँबानेश्वर, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, भक्तपुर अस्पताल र प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीलाई ५ र ५ हजार सिटामोल वितरण गरिएको छ । बजारमा अझै पनि अभाव भएपछि सरकारले काठमाण्डौका ठूला अस्पताललाई सिटामोल वितरण गरेको हो । राष्ट्रिय आयुर्वेद तालिम तथा रिचर्स केन्द्र कीर्तिपुरलाई ३ हजार तथा गंगालाल हृदयरोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र आयुर्वेद अस्पताल नरदेवीलाई २र२ हजारका दरले सिटामोल वितरण गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.