भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

उपत्यकामा प्रहरी हस्तक्षेप, पानीको फोहरा र अश्रुग्याँस प्रहार

उपत्यकामा प्रहरी हस्तक्षेप, पानीको फोहरा र अश्रुग्याँस प्रहार

काठमाडौं । निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानेपछि प्रहरीले हस्तक्षेप गरेको छ । रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुपमा पानीको फोहोरा प्रयोग गरेको छ।

भिड तितरवितर नभएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ। पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ युवाहरुको एक समूहले असोज २ गतेदेखि मलमास सुरु हुने भन्दै तानेका हुन् ।

मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको भए पनि करोनाका कारण रथयात्रा हुन सकेको थिएन । रथयात्राबारे गुठी संस्थान र ज्यापु समाजले भने जानकारी नभएको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.