भर्खरै : Sorry, your browser does not support inline SVG.

एक महिनामै बन्द भयो द्रुत बस सेवा, सरकारका मन्त्री बेखर

एक महिनामै बन्द भयो द्रुत बस सेवा, सरकारका मन्त्री बेखर

काठमाडौं । सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ । तर याे बसेवा उद्घाटन गर्ने मन्त्री भने बेखबर भएका छन् । संविधान दिवसको अवसर पारेर असोज ३ मा सरकारले संचालनमा ल्याएको बस सेवा एक महिना मै बन्द भएको हो ।

याे बस नेपालमा आवश्यक भए पनि तयारीबिना सुरु गर्दा बन्द गर्नु परेकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव बताउँछन् । यता सरकार भने तिहारपछि बस सेवा सञ्चालन हुने दाबी गर्दछ ।

द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्र साढे दुई करोड रुपैयाँ खर्च भएको सडक विभागले जनाएको छ । तर सडकमा लगाइएको रङ महिना दिन नपुग्दै मेटिन थालेको छ ।

यस विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बेखबर छन् ।  द्रुत बस सेवा बन्द नभएको दाबी गर्दै दसैं र तिहारको बीचमा कम यात्रु हुने र ट्राफिक जाम पनि कम हुने भएकाले अहिले सेवा बन्द भएको हुन सक्ने उनकाे बुझाइ छ ।

सरकारले रत्नपार्कबाट सूर्यविनायकसम्म १८.५ किलोमिटरमा अत्यधिक ट्राफिक जाम हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म २५ बस सञ्चालनमा ल्याइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.