काठमाडौं । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) पारित गर्न काँग्रेस एमाले गठबन्धन बन्ने भएको छ । कांग्रेस सभापति देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर भए पनि एमसीसी पारित गर्ने सत्ता गठबन्धनलाई चेतावनी दिएका छन् ।
माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धन जोगाउने भए एमसीसीमा पारित गर्न सघाउन भनेका छन् । प्रचण्ड र नेपालले भने देउवाको यो भनाइमा दोहोरो चरित्र देखाउन लागिपरेका छन् ।
देउवाको चेतावनीपछि दुवै पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको बताएका छन्। ओलीसँग सहकार्यको विषयमा गम्भीर छलफल गरेको छन्। एमालेले अध्यक्ष ओलीले एमसीसीमा साथ दिने तर आफ्नो सर्त सम्बोधन हुनुपर्ने अडान लिँदै आएको स्रोतले बतायो ।
यसैबीच सत्ता गठबन्धनमा खटपट भइराखेको बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी पास गर्नकै निम्ति भए पनि नयाँ समीकरण बन्नुपर्ने बताएका छन्। एमसीसी पास नगर्दा देश ठूलो सामरीक द्वन्द्वमा फस्ने भन्दै उनले छिटो पास गर्नुपर्ने बताए ।
सत्ता गठबन्धनका सबै दलले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने जिकिर गरे । एमसीसी सम्झौताको जिम्मा सबै दलले लिनुबाहेक अर्को विकल्प नभएको दावी बाबुरामको छ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुनेछ।
प्रधानमन्त्री देउवा सामान्य छलफलपछि एमसीसी पारित गर्ने योजनामा लागि परेका छन्। एमालेले साथ दिने र एमसीसी पारित गरेर सत्ता समीकरण फेर्ने स्रोतको दाबी छ ।
