भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

न्याय परिषद्को बैठक बस्दै

न्याय परिषद्को बैठक बस्दै

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक बोलाएका छन् । बुधबार विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनका लागि परिषद्को बैठक बोलाइएको हो ।

अपराह्न ४ बजेका लागि परिषद्को बैठक बोलाइएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने एजेण्डा रहेको बताइएको छ ।

गत साउन महिनादेखि अध्यक्षसहित ४ न्यायाधीशको पद रिक्त छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गत साउन २९ गते विशेष अदालतमा कामकाज गरिरहेका अध्यक्ष प्रेमराज कार्कीसहित न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्र बहादुर सारुलाई अन्य अदालतमा सरुवा गरेपछि विशेष अदालतमा दुई जना न्यायाधीशले मात्रै कामकाज गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.