भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

एमाले अध्यक्ष ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीबीच भेटवार्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी भेटवार्तामै व्यस्त रहेका छन् । उनले जेलबाट छुटेपछि विभिन्न राजनीतिक दलहरुका शीर्ष नेतृत्वसंग भेटवार्ता गरिरहेका छन् । सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। उक्त भेटवार्तामा चौधरीले आफू जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा अध्यक्ष ओलीलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

चौधरीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलगायतसँग पनि भेटवार्ता गरिसकेका छन् । बालकोटमा भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिका विषयमा कुराकानी गरेका बताइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.