भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

एमाले अध्यक्ष ओलीले गरे सरकारी आदेशको उल्लंघन

एमाले अध्यक्ष ओलीले गरे सरकारी आदेशको उल्लंघन

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएको सात दिनसम्म आइसोलेसनमा बस्नुपर्ने सरकारले आदेश जारी छ । स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न दिएको सरकारी आदेशलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उलंघन गरेका छन् ।

पार्टी सचिवालयले होम आइसोलेसनमा बसेको विज्ञप्ति सार्वजनिक गरेको भोलिपल्ट अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइराखेको छ।

माघ ९ गते कोरोना संक्रमण पुष्टि भएका ओली १२ गते युवा संघले गरेको कार्यक्रममा उपस्थित भएका थिए। युवा संघले माघ १२ गते गरेको कार्यक्रममा ओली उपस्थित भएको खबर सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ ।

यस्ता छन् सामाजिक संजालमा आएका सुझाव
‘कोरोना हुँदाहुदै किन कार्यक्रममा जानुभयो ? तपाईंको जीवन यो देशको लागि रास्ट्रको लागि कति महत्त्वपूर्ण छ ? यो तपाइलाई थाहा छ कि छैन ? राजनेताको सचिवालयले यस्ता काम रोक्नुपर्यो।

 


Thali Mobile Pvt.Ltd.