भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

काँग्रेस कार्यसम्पादन समितिमा गठन गरिदै

काँग्रेस कार्यसम्पादन समितिमा गठन गरिदै

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने बएका छन्। शुक्रवार केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।

दिउँसो तीन बजे भर्चुअल माध्यममा हुने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा तय गरिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ४० सदस्य हुने गरी कार्यसम्पादन समिति गठन गर्न लागि लागेको उनको भनाइ छ ।

केन्द्रीय कार्यसमितिको सभापति, उप–सभापति, महामन्त्री, कोषाध्यक्ष, सह–महामन्त्री र प्रवक्ता पदेन सदस्य हुने छन् भने सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि ३३ जना सदस्य बैठकमा प्रस्ताव गर्ने छन् ।

उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्नुपर्ने बताइएको छ । २७ जनासम्म केन्द्रीय सदस्यलाई कार्यसम्पादन समिति सदस्यका रूपमा बैठकमा पेस गर्ने छ । जसमा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि अजय चौरसियसम्म समेट्ने देउवाको तयारी छ ।

कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहने छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह सम्पादन समितिमा समेटिने छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अजुर्ननरसिंह केसी, प्रकाशशरण महत र सुनिलबहादुर थापा पनि कार्यसम्पादन समिति सदस्य रहेन निश्चित छ ।

केन्द्रीय सदस्यहरू शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, जीप छिरिङ लामा, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, सुजाता कोइराला, डा नारायण खड्का, आनन्द ढुङ्गाना, कृष्णचन्द्र नेपाली पोखरेल, जीवनबहादुर शाही, दीपक गिरी र अजयकुमार चौरसियाससम्मको चर्चा छ ।

 


Thali Mobile Pvt.Ltd.