भर्खरै : Sorry, your browser does not support inline SVG.
राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो |

एमाले बागमती प्रदेशको अधिवेशन भृकुटीमण्डपमा

एमाले बागमती प्रदेशको अधिवेशन भृकुटीमण्डपमा

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । भृकुटीमण्डपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाइएको छ ।

एमालेले काठमाडौंका ६ स्थानबाट र्‍याली निकाल्ने जनाएको छ । अधिवेशनले २ सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट प्रतिनिधि छनोट भएर आइसकेका छन् । नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन हुनसक्ने आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेले बताए ।

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएको उनको भनाइ छ । सहमतिबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदान गराउने तयारी एमालेले गरेको छ। १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहितको कमिटी चयन गर्ने भएको हो ।

बागमती अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.