भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

किन कठोर बन्दै छ इटाली ?

किन कठोर बन्दै छ इटाली ?

इटाली । सरकारले एलजीबीटीक्यूलाई लक्षित गर्दै नयाँ कानुन ल्याएको छ । एउटै लैङ्गिक पहिचान भएकाहरूको छोराछोरीका लागि असहज वातावरणको सिर्जना गरिदिएको बताइएको छ । इटालीले विदेशमा सेरोगेसीलाई अवैध ठहर गर्ने कानुन ल्याउन लागेको बुझिएको छ ।

उनीहरूले आफ्ना सामु दुई विकल्प मात्र खुला भएको गुनासो व्यक्त गरेका छन् । पहिलो मृत्युवरण गर्ने या अर्को त्यहाँबाट भाग्ने । क्लाउडियो र डेभिड दुई जना एक आपसमा श्रीमान् हुन् । यिनीहरूले विदेशमा गएर सेरोगेसी गराएर बच्चा ल्याउने गरेका थिए ।

इटाली र युरोपका धेरै देशमा सेरोगेसी अवैध भएका कारण अन्य वैध भएको देशमा बच्चा लिएर आउने प्रचलन छ । इटालीको संसद्ले नै संसारको जहाँ भए पनि सेरोगेसीलाई अपराध ठहर गर्ने तथा यसरी बच्चा ल्याउने कामलाई मानव बेचबिखन अपराधमा सूचीकृत गर्ने कानुन ल्याउँदै छ ।

इटाली जस्तै कानुन अन्य देशमा छैन । संसद्ले यो विधेयक कानुनका रूपमा पास गरेमा क्लाउड र डेभिड जस्तालाई दुई वर्षसम्म जेल सजाय हुनसक्ने छ भने १० लाख युरोसम्म जरिवाना हुनसक्ने छ ।

 


Thali Mobile Pvt.Ltd.