भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

ऐतिहासिक र सांस्कृतिक कलाकृति स्वदेश फिर्ता ल्याउने अभियान टर्कीमा तीव्र

ऐतिहासिक र सांस्कृतिक कलाकृति स्वदेश फिर्ता ल्याउने अभियान टर्कीमा तीव्र

टर्की । टर्कीले विभिन्न माध्यमबाट विदेशमा पुगेका ऐतिहासिक र सांस्कृतिक कलाकृति स्वदेश फिर्ता ल्याउने अभियान तीव्र बनाएको छ । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले सन् २००२ देखि अहिलेसम्म १२ हजार एक सय ३९ वटा ऐतिहासिक कलाकृति स्वदेश फर्काइएको जनाएकोे छ ।

सन् २०१८ देखि मात्रै सात हजार आठ सय २३ वटा कलाकृति ल्याएर पुरातत्त्व कार्यालयको जिम्मा लगाइएको मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय अखबार डेली सबाहले जनाएको छ । धेरैजसो कलाकृतिहरू बेलायत, इटाली र संयुक्त राज्य अमेरिकालगायत पश्चिमी देशहरूबाट फिर्ता ल्याइएको छ ।

केही कलाकृति चोरी भएर र केही किनबेचका क्रममा विश्वका विभिन्न क्षेत्रमा पुगेका थिए । सन् २०११ मा न्युयोर्कमा एक सम्राटको मूर्ति अवैध रूपमा रहेको पत्ता लागेको थियो र पछि टर्कीमा फिर्ता गरिएको थियो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.