भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

ऐन नियमावलीलाई बेवास्ता गर्दै आफूअनुकूल सरुवामा मन्त्री मोदीको अस्वाभाविक रुचि

ऐन नियमावलीलाई बेवास्ता गर्दै आफूअनुकूल सरुवामा मन्त्री मोदीको अस्वाभाविक रुचि

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको सचिवालयको समूहले कर्मचारी सरुवामा अस्वाभाविक रुचि देखिएको छ ।

मन्त्रीसहितको सो अस्वाभाविक रुचिमा कर्मचारीहरूले समेत सघाइरहेको रहस्यमय खुलासा भएको छ । मन्त्री मोदीले केही समयअघि मात्रै मन्त्रालयकै सहसचिव बलराम रिजालको संयोजकत्वमा कर्मचारी सरुवासम्बन्धी कार्यदल बनाएका थिए ।

कार्यदलले केही सुझावसहितको प्रतिवेदन पनि दिएको थियो । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले अहिले धमाधम कर्मचारीको सरुवा गरिरहेको छ ।

कर्मचारी प्रशासन हाँक्ने निजामती सेवा ऐन र नियमवालीले कर्मचारीको सरुवा तथा काजसम्बन्धी प्रष्ट व्यवस्था गरेको छ । मन्त्रीलगायतका उच्च पदस्थहरूले निजामती सेवा ऐन र नियमावलीमा भएका प्रावधानालाई बेवास्ता गर्दै

आफैं नियम बनाएर आफूअनुकूलकालाई सरुवा गरिरहेको
मन्त्रालयका एक अधिकारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.