भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राष्ट्रियसभा बैठकमा कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने

राष्ट्रियसभा बैठकमा कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसैगरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची पनि छ । एमालेको अवरोधले पछिल्लो समय संघिय संसदका दुबै सदनको बैठक चल्न सकेको छैन ।

सय किलो सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.