भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

ओली–दाहालको एक्ला एक्लै वार्ता जारी

ओली–दाहालको एक्ला एक्लै वार्ता जारी

२३ असार २०७७ काठमाडौं । नेकपाको आन्तरिक द्वन्द्व समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि वान टु वान वार्ता जारी छ । एकताको मर्मअनुसार अघि बढ्ने समझदारीका साथ विवाद टुंग्याउने प्रयासमा रहेका अध्यक्षद्वय वार्तामा जुटेका हुन् ।

ठोस समाधान निस्किन नसकेकोले आज वान टु वान वार्तामा बसीरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । आजको वार्ता निर्णायक हुने नेताहरूले विश्वास गरेका छन् । प्रधानमन्त्री सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै नेता माधवकुमार नेपाल समूहले दुवै पदबाट ओलीको राजीनामा मागिरहेका छन् ।

हिजो डेढ घण्टा वार्तामा बसेका दुई अध्यक्षबीचको छलफल आज निष्कर्षमा पुग्ने समझदारी भएको जनाइएको छ । प्रधानमन्त्रीबाट ठोस कुरा नआएका कारण प्रचण्डले आज वार्तालाई गोप्यढंगबाट अगाडि बढाएकाले निर्णायक विन्दुमा पुग्ने नारायणकाजी श्रेष्ठले बताए । अध्यक्षद्वयको एक्लै वार्तामा बसेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने रुष्ठ भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.