भर्खरै : Sorry, your browser does not support inline SVG.

कच्चा तेलको मूल्यमा स्थीरता ल्याउन उत्पादन कटौती गर्ने

कच्चा तेलको मूल्यमा स्थीरता ल्याउन उत्पादन कटौती गर्ने

काठमाडौं । ओपेक देशहरुले कच्चा तेलको मूल्यमा भइरहेको गिरावट रोक्न उत्पादन कटौती गर्ने निर्णय गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा स्थीरता ल्याउन उत्पादन कटौती गर्ने निर्णय गरिएको जनाइएको छ ।

रुसले प्रतिदिन पाँच लाख ब्यारेल, साउदी अरबले १ लाख ४४ हजार ब्यारेल र ओमानले ४० हजार ब्यारेल तेल उत्पादन कटौती गर्ने जनाएका छन् । सिलिकन भ्याली बैंक र क्रेडिट सुइस बैंकको वित्तीय संकटका कारण वित्त बजारमा उथलपुथल आएसँगै कच्चा तेलको माग घटेको छ । माग घटेसँगै मूल्य पनि प्रतिब्यारेल ७५ डलरमा झरेको थियो ।

यद्यपि केही दिनयता स्थिति सुध्रिएको छ र कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर आसपास पुगेको छ ।
यसअघि तेल उत्पादक देशहरुको संगठन ओपेकले २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने अनुमान गरिएको थियो । तर ओपेक देशका मन्त्रीहरुको भर्चुअल बैठकमा प्रतिदिन ११.५० लाख ब्यारेल तेल उत्पादन घटाउने सहमति बनेको जनाएको छ ।

साउदी अरबले मे २०२३ देखि यस वर्षको अन्तिमसम्ममा कच्चा तेलको उत्पादनमा हरेक दिन पाँच लाख ब्यारेल तेल उत्पादनमा कटौती गर्नेछ । साउदी अरबसहित तेल निर्यात गर्ने देशहरुको संगठन (ओपेक)ले प्रतिदिन ११ लाख ब्यारेलभन्दा बढी तेल उत्पादन घटाउने बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.