भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कम्युनिष्ट सिद्वान्त बाेकेर जनैधारी काम गर्नेहरू खबरदार : तिल विक (भिडियाेसहित)

कम्युनिष्ट सिद्वान्त बाेकेर जनैधारी काम गर्नेहरू खबरदार : तिल विक (भिडियाेसहित)

३ असार २०७७ काठमाडाैं । नेपालमा घटेका विभिन्न किसिमका घटना घट्नु दुखद भएको नेकपाका साउथ एशिया इन्चार्ज तथा केन्द्रीय सदस्य तिल विश्वकर्माले बताएका छन् । राजनैतिक आवरण भित्र कमजोर मानसिक्ताको पराकाष्टा भएको भन्दै उनले सबै राजनैतिक दलभित्रका जनैधारी काम गर्ने र सिद्धान्त कम्युनिष्टको बोक्ने नक्कलीहरुका कारण यस्तो भएको बताए ।

रुकुम सोतीको नरसंहार हत्याकाण्ड यहि कार्यभित्रको घटना भएको दावी गरे । अहिले कोरोना कहर चलिरहेका बेला विश्वमानव समुदाय दुःखमा परिरहेका बेला नेपालमा यस्ता घटना घटाउने दलभित्रका कायरहरुले गरिरहेको उनको भनाइ छ ।

कैलालीकाे लम्किचुहामा क्वारेन्टिनमा एक महिलाइ सामुहिक बलात्कार गरियाे यस्ताे दुःदायि घटनाका अपराधिलाइ कानून सच्चाएर फाँसीकाे सजाय हुनुपर्ने बताए । दलका खोल ओढेर यस्ता जनैधारी गतिविधि गर्ने अपराधिलाई हदैसम्मको कारवाही गरिनु पर्ने बताए ।

खाटी कम्यूनिष्ट हाैं भन्दै ठूला ठूला भाेलुम पढेकाहरू दलितले छाेएकाे खाँदैनाैं भन्नेहरू समाजमा धेरै रहेका छन् भन्दै उनले पशुवत घृणित कार्य गर्नेहरूलाइ खबरदारी गर्दै  तिनीहरूकाे बदला लिन जरूरी रहेकाे बताए ।
हेर्नुहोस भिडियो…

सिद्धान्त हँसिया, हथौडा गर्ने र काम जनैधारीको गरेर उत्पीडित समुदायको निरन्तर प्रहार गरिरहेकाले अव उत्पीडित समुदाय लड्नुको विकल्प नरहेको उनको दावी छ । यस्ता किसिमका गतिविधिले कसैको मुक्ति नहुने भन्दै उनले यसो गर्ने जुनसुकैलाइ कानूनत कडा कारबाही गरिनु पर्ने बताए ।

विश्वकर्मा पछिल्लो समय दोहोरो समस्यामा नेपाली परेको भन्दै सम्मानित भएर बसेका नेपाली भारतीय पक्षबाट हेपिन पुगेको बताए । भारतमा दुइवटा नागरिकता बोकेका नेपाली रहेका छन् । पहिलो सुगौली संन्धि र दोस्रो सुगौली सन्धि पछिका नेपाली । सुगौली सन्धिमा जमिन भारततीर परेका र नागरिकता पछि भारतीय लिएका तर नेपालीहरु । नेपालले आफ्नो भूमि समेटेर नक्सा निकाले पछि भारतमा तनाव सृजना भएको बताए ।

 


Thali Mobile Pvt.Ltd.