कर्मचारीको तलब ४० प्रतिशत वृद्धि, स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ९५ करोड बजेट स्वीकृत

कर्मचारीको तलब ४० प्रतिशत वृद्धि, स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ९५ करोड बजेट स्वीकृत

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । निर्वाचन आयोगले विगतमा गर्दै आएको निर्वाचन खर्चमा व्यापक कटौती गरी मितव्ययी निर्वाचन गराउने अठोटका साथ निर्वाचन बजेट स्वीकृत गरेको हो ।

मतदाता शिक्षा, सवारी साधन खरिद, कोभिडका लागि आँकलन गरिएको खर्च तथा कर्मचारीलाई उपलब्ध गराइँदै आएको मासिक भत्तामा ठूलो रकम कटौती गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

आगामी वैशाख ३० गते देशभरका ७५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदै छ ।निर्वाचनको समयमा कर्मचारीको ४० प्रतिशत तलब र भत्ता वृद्धि गरेको छ ।

मतदाता सङ्ख्यासमेत करिब ३८ लाख मतदाता सङ्ख्या बढेको छ । मतदाता सङ्ख्या वृद्धि भएसँगै आगामी निर्वाचनमा विगतका तुलनामा करिब ४०० मतदानस्थल र दुई हजार मतदान केन्द्र यस पटक थपिएको आयोगले नाएको छ ।

विभिन्न शीर्षकमा खर्च कटौती गरे पनि निर्वाचन सामग्री र निर्वाचनको मुख्य काममा खटिने कर्मचारीहरूको सुविधामा भने कुनै कटौती नगरेको आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.