भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

काँग्रेस बागलुङ सभापतिमा पुनः निर्वाचन हुने

काँग्रेस बागलुङ सभापतिमा पुनः निर्वाचन हुने

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागलुङ काँग्रेसको सभापतिमा पुनः निर्वाचन हुने भएको छ । उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो । जगदीशचन्द्र उपाध्याय, द्रोण कुँवर र जीत शेरचन तीन जना सभापतिका उम्मेदवार बनेका थिए ।

उम्मेदवार उपाध्यायले ७ सय ९०, शेरचनले ६ सय ८६ र कुँवरले १ सय ६४ मत पाएका छन् । उपाध्याय र शेरचन बीच १०४ मतको फरक छ । धेरै मत ल्याएका जगदीश चन्द्र उपाध्याय र जीतबहादुर शेरचनबीच निर्वाचन हुने निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले बताए ।

आजै दुवै जनाबीच मतदान हुने उनको भनाइ छ । जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनै पर्ने विधानमा व्यवस्था छ । सभापतिका उम्मेदवार रामचन्द्र पौडेल पक्षका नेता हुन् भने शेरचन कृष्ण सिटौला पक्षका नेता हुन् ।

कुँवर देउवा पक्षमा खुलेर लागेका छन् । कुल १७८० मतदाता रहेको बागलुङमा १६८८ मत खसेको थियो भने ४५ मत बदर भएको थियो । अन्य पदाधिकारी र सदस्यको मतगणना सभापतिको मतगणनापछि एकै साथ गणना गर्ने निर्वाचन समितिले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.