भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

एमाले महाधिवेशनः पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार गर्दै केपी

एमाले महाधिवेशनः पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार गर्दै केपी

सौराहा । नेकपा एमालेको १०औं महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै समापन हुने भएको छ । सके सर्वसम्मत नभए चुनावबाट भएपनि नयाँ केन्द्रीय कमिटी बनाउने गरी अध्यक्ष केपी ओली तयारीमा जुटेको नेताहरुले बताएका छन् ।

अहिले ओलीसहित महासचिव ईश्वर पोखरेल उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमालसहितको छुट्टै बैठक बसिरहेको छ । बैठकले पदाधिकारी तथा केन्द्रीय कमिटी सूची बनाउन लागेको जनाइएको छ ।

शीर्ष नेताहरुको बैठकअघि अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीसँग छुट्टाछुट्टै भेटेको नेताहरुले बताए । यता उपाध्यक्ष भीम रावल भने अध्यक्षमा चुनाव लडेरै छाड्ने तयारीमा लागेका छन् । महाधिवेशन स्थलमा रावल पक्षका नेताहरु भोट माग्न पर्चा समेत वितरण गरिरहेको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.