भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

कांग्रेस केन्द्रीय समिति बैठक जारी

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । गत मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । हिजोको बैठकमा आमन्त्रित जिल्ला सभापतिहरुसहित ४६ जना केन्द्रीय नेताहरूले धारणा राखेका थिए ।

हिजोको बैठकमा आमन्त्रित प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र वीरबहादुर बलायरले आफ्नो धारणा राखेका छन् ।

यस्तै, नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । आज बोल्न बाँकी केन्द्रीय सदस्यहरूले समितिमा प्रस्तुत विभिन्न १० एजेन्डामा केन्द्रित भएर आफ्नो धारणा राख्ने छन् ।

 


Thali Mobile Pvt.Ltd.