काठमाडौं उपत्यका उच्च जोखिममा,एक घण्टाको अवधिमा १० जनामा संक्रमण

काठमाडौं उपत्यका उच्च जोखिममा,एक घण्टाको अवधिमा १० जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर वृद्धि हुदै गएको छ । विहिबार मात्रै अहिलेसम्मकै उच्च १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्तमण दर बृद्धि हुँदै गएको हो ।

क्रमण बृद्धिका हिसावले काठमाडौं उपत्यका उच्च जोखिममा रहेको छ । उपत्यकामा निषेधाज्ञाको बेला समयमा पनि दैनिक २ सय जना भन्दा बढी संक्रमित थपिने गरेको तथ्याकंले देखाएको छ ।

उपत्यकाभित्र पछिल्लो एक सातालाको तथ्यांक हेर्ने हो भने प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिन थालेको छ ।

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रुपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् ।

नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.