भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

कञ्चनपुरको दैजी–लिप्ना सडक कालोपत्रेको तयारी

कञ्चनपुरको दैजी–लिप्ना सडक कालोपत्रेको तयारी

महेन्द्रनगर । कञ्चनपुरको दैजी–लिप्ना सडक निर्माणले तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको दैजी–लिप्ना सडक निर्माणले तीव्रता पाएको हो ।

वेदकोट नगरपालिका र डँडेलधुरालाई जोड्ने यो सडकको काम तीव्र गतिमा भइरहेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।
सडकको आवश्यक संरचना निर्माण अन्तिम रचणमा पुगेको र ११ किलोमिटर कालोपत्रको तयारी भइरहेको कार्यालयले जनाएको छ । २०७४ वैशाखमा निर्माण सम्झौता भएको उक्त सडकको हालसम्म करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएके छ ।

प्रदेश गौरवको आयोजनाका रूपमा हस्तान्तरण भएर आएपछि पछिल्लो समय दैजी लिप्ना सडक निर्माणमा उल्लेख्य प्रगति भएको कार्यालयले जनाएको छ ।

दैजी–लिप्ना सडक निर्माण लागि १८ करोेड ४९ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार उक्त सडक निर्माण २०७६ असारसम्ममा सम्पन्न गरिसक्नुपर्नेमा पूरा हुन सकेन ।

समयमै निर्माण सम्पन्न नभएपछि योजना निर्माणको समयसीमा १ वर्ष थप गरिएको छ । २०७७ पुस सम्मममा निर्माण सम्पन्न गरिसक्न ठेकेदारलाई निर्देशन दिइएको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.