भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

काठमाडौं महानगरमा जागिर, इच्छुक र योग्य व्यक्तिका लागि आवदेन खुला

काठमाडौं महानगरमा जागिर, इच्छुक र योग्य व्यक्तिका लागि आवदेन खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले १९ जना विषय विज्ञ कर्मचारीका लागि आवदेन खुला गरेको छ । महानगरले एक सूचना जारी गर्दै विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले आवेदन दिन माग गरेको हो ।

महानगरले उक्त सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेस गर्न अनुरोध गरेको छ । फोहोरमैला व्यवस्थापन विज्ञ, वातावरण विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञ, वन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो ।

यसैगरी महानगरले मानवशास्त्री, समाजशास्त्री, पुरातत्त्वशास्त्री, अर्थशास्त्री, जन स्वास्थ्यविद्, भूगर्भशास्त्री, भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर मागेको छ।

 


Thali Mobile Pvt.Ltd.