भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

पुनलाई खुकुरी प्रहार गर्ने ६ कि‍शोर पक्राउ

पुनलाई खुकुरी प्रहार गर्ने ६ कि‍शोर पक्राउ

दाङ । खुकुरी प्रहार गरेको आरोपमा ६ जना किशोर पक्राउ परेका छन् ।घोराही उपमहानगरपालिका–१८ शंखेपिपल नजिक साउन १० गते तीर्थबहादुर पुनलाई खुकुरी प्रहार गरेको आरोपमा छजना पक्राउ परेका हुन् ।

सर्च अपरेसन चलाई फरार व्यक्तिलाई घटना भएको १४ दिनपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख राजनकुमार गौतमले बताए । पक्राउ पर्नेमा घोराही–१८ का १७ वर्षीय किशोर, घोराही–१४ गणेश मन्दिर टोलका १६ वर्षीय किशोर,

बंगलाचुली गाउँपालिका– १ जुम्लेपानी घर भइ घोराही–१८ बस्ने २० वर्षीय देवेन्द्र कँवर, घोराही–१८ का १७ वर्षीय किशोर, सैघा घर भइ घोराही– १८ बस्ने १७ वर्षीय किशोर र घोराही–१८ मसिनाका १५ वर्षीय किशोर गरी छ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताए । साउन १० गते राति पुनमाथि खुकुरी प्रहार गरी टाउको, अनुहार, बायाँ हातको कान्छी औँलाबाहेक सबै औँलाको हड्डी काटिएको,औँला हातमै रही गम्भीर घाइते भएको अवस्थामा वडा प्रहरी कार्यालयको टोलीले फेला पारेको थियो ।घाइते पुनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.