भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ | वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला | सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद | मनसुन प्रवेशसँगै गण्डकीमा भारी वर्षा, कोशीका केही क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना |

काठमाण्डौ महानगरको तोकिएको अवधिभित्रै आफ्नो वडा कार्यालयमा कर बुझाउन आग्रह

काठमाण्डौ महानगरको तोकिएको अवधिभित्रै आफ्नो वडा कार्यालयमा कर बुझाउन आग्रह

काठमाण्डौ । तोकिएको अवधिभित्रै आफ्नो वडा कार्यालयमा कर बुझाउन र छुट सुविधा लिन काठमाण्डौ महानगरपालिकाले आग्रह गरेको छ । कर बुझाउन र महानगरको आर्थिक ऐनले तिर्न रबुझाउनपर्ने सम्पत्ति कर र बहाल कर र व्यवसाय करमा दिएको छुट सुविधा लिन महानगरको राजस्व विभागले सूचना निकालेर आग्रह गरेको हो ।

व्यावसायिक रुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ । एक वडा एक नमुना उद्यम कार्यक्रम अन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म व्यवसाय कर र दर्ता शुल्कको ९५ प्रतिशत कर छुटको व्यवस्था रहेको महानगरको राजस्व विभागले जनाएको छ ।

सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुनेछ । त्यस्तै महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भइ वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको हकमा थप ३० प्रतिशत छुट सुविधा छ ।

यसमा काठमाण्डौ महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई करमा ५० प्रतिशत छुट हुने विभागले जनाएको छ । चालु आर्थिक वर्षसम्म करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भइ सञ्चालनमा रहेका ५ लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाले पुस मसान्तभित्र कर तिरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर बुझाउनेको हकमा २५ प्रतिशत छुट हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.