भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

‘कालापानीबाट भारतीय सेना हटाउन, सरकारले कुटनीतिक पहल गर्छ’

‘कालापानीबाट भारतीय सेना हटाउन, सरकारले कुटनीतिक पहल गर्छ’

काठमाडौं। कालापानी र लिपुलेक नेपालकाे भू–भाग भएको भन्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली कालापानीबाट भारतीय सेना हट्नुपर्ने पक्षमा रहेको र यसका लागि सरकारले कुटनीतिक पहल गर्ने पक्षमा रहेकाे बताएका छन्।

सरकारले जनता र भुगोलको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै नेपाली भूभागलाई भारतीय नक्सामा राखेकोप्रति गम्भीर ध्यानाकर्षण भएको र प्रभावकारी कुटनीतिक पहलबाट नक्सा सच्याउने तथा सीमा विवाद टुंग्याउन सरकार लागिपरेको उनले जानकारी गराए। ।

उनले सीमा विवादहरु सहमतिअनुसार कुटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्ने धारणा राखे। वर्तमान सरकार प्रभावकारी कुटनीतिक पहलकदमी लिनेबारे सचेत रहेको पनि उनले सुनाए। सीमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निश्कर्षमा पुग्नुपर्ने बताउँदै एकपक्षीय निर्णय अमान्य हुने उनको भनाई छ।

भट्टराईले भने, ‘सरकार यसबाट दायाँबायाँ हुँदैन। सरकार आफ्नो दायित्वबाट पछि हट्दैन। यदि हाम्रो सीमा तलमाथि भएको रैछ भने पनि हामी कुटनीतिक टेबुलमार्फत समस्याको हल गर्छौं।’ आफूहरुले नेपालको भू–भाग कुनैपनि हालतमा नछोड्ने उनको भनाई छ।