भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

सीमा अतिक्रमणविरूद्व नेमकिपाले सडक र सदन संघर्ष गर्ने

सीमा अतिक्रमणविरूद्व नेमकिपाले सडक र सदन संघर्ष गर्ने

नेपाल मजदुर किसान पार्टीले चर्काे विराेध गर्दै भारतले नेपालकाे भूभाग अतिक्रमण गरी जारी गरेको नक्साको विरूद्व विरोध र्‍याली प्रदर्शन गरेको छ । भक्तपुरको कमलविनायकबाट सुरू गरेको विरोध र्‍याली सूर्यविनायक पुगेर सभामा परिणत भएको थियो ।

नेपालकाे लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले नयाँ नक्सामा आफ्नो देशको भूभागका रूपमा प्रस्तुत गरेपछि नेमकिपाले त्यसको कडा विरोध गरेकाे हो । विरोधसभामा नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सीमा अतिक्रमण गरेर जारी गरेको नक्साका बारेमा सरकारले तत्काल अन्तर्राष्ट्रिय मञ्चलाई घच्घचाउनु पर्ने बताए ।

सत्तामा रहेका दल र ठूला राजनीतिक दलहरूले तत्काल भारतको विरोध गर्न नसक्दा भारतले सीमा अतिक्रमण गरेको उनकाे तर्क छ । भारतले सीमा अतिक्रमण गरेको नक्सा नसच्चाए नेमकिपाले सडक र सदनमा विरोध जारी राख्ने सांसद सुवाल बताए ।

 


Thali Mobile Pvt.Ltd.