भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

नक्सा भए नेपालले आफ्नो जमिन फिर्ता पाउँछ

नक्सा भए नेपालले आफ्नो जमिन फिर्ता पाउँछ

भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल भारत सीमा विवाद चुलिएको छ । उसले सार्वजनिक गरेको पछिल्लो नक्सामा कालीनदीलाई भारतको भूभागभित्र देखाइएको छ । भारत(चीन युद्धका बेला नेपाली भूमिमा टेकेका भारतीय सेनाले नेपालको ३१० वर्गकिलोमिटर भूभाग अतिक्रमण गरेको जनाइएको छ ।

त्यसपछि भारतले थप ६२ वर्गकिलोमिटर अझै नेपालको भूभाग अतिक्रमित भइसकेको जानकारहरूले बताइरहेका छन् । नेपालले आफ्नो गुमेको ३७२ वर्गकिलोमिटर भूभाग वास्तविक नक्सा कायम हुँदा फिर्ता पाउँछ । भने नेपालले कालापानीसम्मको भागलाई मात्रै आफ्नो नक्सामा राखेको जनाइएको छ ।
सुगौली सन्धिलगत्तै नाप नक्सा गरेर सीमास्तम्भ गाड्ने काम भएन ।

जसले गर्दा दुई सय वर्षयता सीमामा केही न केही किचलो भइरहेको देखिन्छ । २००७ सालको राजनीतिक परिवर्तनपछि नेपालको पश्चिम उत्तरतर्फ भारतीय सेनालाई बस्न दिनु पनि भूमिअतिक्रमणको अर्को कारण रहेको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार स्तम्भ गाडेको भए नदी जता बगे पनि विवाद नहुने देखिएको छ ।

नेपालको नक्सा तयार पार्दा नापी विभागले नै पर्याप्त ध्यान दिन नसकेको जानकारहरुको भनाई छ । कालीनदी वारिका नावी, गुन्जी र गब्र्याङ गाउँलाई नेपालले नै आफ्नो नक्सामा नसमेटेको देखिन्छ । वि.स. २०१८ सालमा नेपाली गणकहरूले नै पुगेर लगत संकलन गरेको तथ्य समेत रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.