भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

काेराेना संक्रमिणकाे सम्पर्कमा आएका व्यक्तिको खाेजी गर्दै चितवन प्रशासन

काेराेना संक्रमिणकाे सम्पर्कमा आएका व्यक्तिको खाेजी गर्दै चितवन प्रशासन

चितवन । कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै गत चैत ३ गते नेपाल आएका दुई जनामा विहिबार कोरोना सङ्क्रमण देखिएसंगै जिल्ला प्रशासन कार्यालय चितवनले तिनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । उनीहरु दुई दिन काठमाडौँमा बसेर र चैत ५ गते मात्र चितवन आएका थिए । उनीहरुमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको हो।

चितवनको राप्ती नगरपालिका–८ का ती दुई सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको तीब्र रुपमा पहिचान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा पहिचानको काम सुरु गरिएको हो । तकालको अवस्थामा संक्रमितको मनोबल बढाउने र अन्यलाई सर्वसाधारणहरुलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान आफ्नो ध्यान केन्द्रित रहेको उनको भनाइ छ ।

संक्रमित परिवारका सदस्यलाई अहिले होम क्वारेन्टाइनमा बस्न भनिएको छ र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टाइन बनाएर राखिने नगर प्रमुखको भनाइ छ ।

संक्रमित दुबै जनालाई भरतपुर अस्पतालको आइसोलेसनको क्याबिन कक्षमा राखिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार सङ्क्रमित दुवै जनालाई अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिनेछ ।