कोरोनाबाट बच्न र इम्यूनिटी पावर बढाउन यी ७ चीजको सेवन गर्न विज्ञकाे सुझाव

कोरोनाबाट बच्न र इम्यूनिटी पावर बढाउन यी ७ चीजको सेवन गर्न विज्ञकाे सुझाव

काठमाडौं । मानिसलाई खानपानकै कारण विभिन्न रोग लाग्ने गरेका छन् । हरेक मानिसमा  इम्यूनिटी पावर बढाउन खानापानको महत्वपूर्ण भुमिका रहेको हुन्छ । खानपानमा ध्यान नदिंदा  कोरोना भाइरस संक्रमणको खतरा बढी हुने एक अध्ययनले देखाएको छ । इम्यूनिटी पावर बढाउन खानपानमा ध्यान दिए कोरोनामात्रै होइन हरेक रोगलाई जित्न सकिने नयाँ अध्ययनले निष्कर्ष निकालेको छ । नयाँ अध्ययनले इम्यूनिटी पावर बढाउन यी ७ चीजले सहयोग गर्ने देखाएको छ । त्यसैले काेराेना राकथाम अर्थात COVID-19 काे संक्रमण हुन नदिन यी सात चीज सेवन गर्न विज्ञले सुझाव दिएका छन् । उपयाेगि देखेर कैलाश फाेकसले समेटेकाे हाे ।

१. दही
दहीले पाचन प्रणाली तथा इम्यून सिस्टमलाई सही राख्ने काम गर्दछ । दही प्रोबायोटिक्सको सबैभन्दा राम्रो स्रोत भएकाले दहीको सेबनले रुघाखोकी तथा इन्फ्लूएन्जाजस्ता संक्रमणसँग प्रभावकारी ढंगले लड्न सक्ने अध्ययनले देखाएको छ ।

dahi पालक
पालकले हाम्रो शरीरमा रहेको कोशिकाहरूलाई संक्रमणबाट जोगाउन मदत गर्दछ । भिटामिन ए ले इम्यून फंक्शनको सही ढंगले चलाउन सहयोग गर्दछ भने पालकमा भिटा क्यारोटिन समेत पाइन्छ जसका कारण यो भिटामिन एको मुख्य स्रोतमा पर्ने गर्दछ ।Palak

३. ब्रोकाउली
ब्रोकाउलीमा फाइटोकेमिकल्स र एन्टीअक्सिडेन्टको मात्रा हुने भएकाले इम्यून मजबुत बनाउन मदत गर्दछ । बोकाउलीमा भिटामिन सी अत्याधिक मात्रामा हुने भएपछि आधा कप ब्रोकाउलीमा ४३ प्रतिशत भिटामिन सी हुने गर्दछ ।

४. रातो क्याप्सिकन
रातो एक टुक्रा क्याप्सिकनमा करिब २ सय ११ प्रतिशत भिटामिन सी हुन्छ । यसमा सुन्तलामा पाउने भिटामिन सीभन्दा दुई गुणा बढी हुने गर्दछ । भिटामिन सीले शरीरमा कोशिकाहरूलाई मजबूत बनाउनुका साथै इम्यूनिटी समेत बढाउने का मगर्दछ । रातो क्याप्सिकनमा सबैभन्दा बढी भिटामिन सी पाइन्छ ।

५.लसुन
लसुनको सेवनले उच्च रक्तचाप तथा मुटुरोगको खतरा कम गराउँछ । लसुन स्वास्थ्यका लागि निकै लाभदायक हुने गरेको विज्ञहरूको कथन रहेको छ । लसुनमा पाइने सल्फर यौगिकका कारण संक्रमणबाट लड्ने क्षमतामा वृद्धि हुनुका साथै इम्यूनिटी समेत बढाउने काम गर्दछ ।Lasun

६.चना
चनाले एन्जाइमलाई सन्तुलनमा राख्ने का मगर्दछ । डाइटिशियन एमिली वन्डरका अनुसार चनामा प्रचुर मात्रामा जिंक पाइन्छ जसले इम्यून सिस्टम र इम्यून रेस्पोन्सलाई नियन्त्रणमा राख्न सक्छ । चनामा प्रोटिन अत्याधिक हुन्छ ।chana

७. च्याउ
च्याउको सेवनले क्याल्शियम बढाउनुका साथै हड्डीलाई मजबुत बनाउन सहयोग गर्दछ । यसले इम्यूनिटी पावर बढाउनमा सहयोग गर्दछ । च्याउ भिटामिन डीको स्रोतहरूमध्ये एक हो ।

 

 


Thali Mobile Pvt.Ltd.