नवरपरासी । देशमा जातीय र धार्मिक सद्भाव खल्बलाउने संकेत देखा पर्न थालेकाले यसलाई रोक्नुपर्ने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् । पछिल्लो पटक धार्मिक सद्भाव बिग्रने संकेत बढ्दै गएपछि ओल्मा काउन्सिलले नवलपरासीका सबै धार्मिक संगठनहरुको भेला गरेर सम्मेलन गरेको हो ।
नवलपरासीमा रहेको मुस्लिम संगठन ‘ओल्मा काउन्सिल नेपाल’ ले परासीमा आयोजना गरेको संयुक्त धर्म सम्मेलनलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशबाट देखिएको जातीय र धार्मिक विभेदको बाछिटा अन्य जिल्लामा पनि पर्न गएकाले यसलाई रोक्नका लागि सबै धर्महरु लाग्नु पर्नेमा जोड दिए ।
सम्मेलनमा लुम्बिनी प्रदेश सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संघसंस्थाहरुको सहभागिता रहेको थियो । धार्मिक सहिष्णुता र एकताका बारेमा नेपालबाट विश्वले सिक्नुपर्ने बताउँदै तिमिल्सिनाले सबै धर्मको आस्था अनुसार हिँड्नका लागि देशलाई धर्म निरपेक्षता घोषणा गरिएको उनले बताए ।
