२२ जेठ २०७७ बिहीबार, दैलख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टाइनमा बसेका मानिसले हातपात गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ को क्वारेन्टाइनमा बसेकाहरुले थापामाथि बुधबार आक्रमण गरेका हुन् । थापाको छाती र टाउकोमा चोट लागेको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले बताए । आक्रमण गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केही दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका उनीहरूको बुधबार आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर पठाउन खोज्दा आक्रमण भएको गाउँपालिकाका अध्यक्ष बुढाले जानकारी दिए । नाम मात्रकाे क्वारेन्टीन बनाएर खान वस्नमा नै समस्या उत्पन्न भएकाे र अाफुहरूले समस्या दर्साउदा उल्टै गफ दिएकाेले हातपात गरिएकाे क्वारेन्टीनमा बस्नेहरूले बताए ।
घर पठाउने तयारी गरिरहेका बेला क्वारेन्टाइनमा बस्दा खानपिनको उचित व्यवस्था नभएको भन्दै ४६ जनाले असन्तुष्टि जनाएका थिए ।