भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

खसीबोका चोरी गर्ने गिरोह भक्तपुरबाट पक्राउ

खसीबोका चोरी गर्ने गिरोह भक्तपुरबाट पक्राउ

काठमाण्डौ । गोठमा बाँधिएका खसीबोका चोरी गरेर बिक्री गर्ने गिरोहमध्येका दुई जनासहित मासु पसल सञ्चालक भक्तपुरका विभिन्न ठाउँबाट पक्राउ परेका छन् । रामेछाप दोरम्बा–१ घर भई अहिले सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र रामेछाप दोरम्बा–७ घर भई मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन तामाङलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।

खसीबोका चोरी गरी बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ । उनीहरुले काभ्रेपलाञ्चोकको विभिन्न आठ ठाउँबाट र भक्तपुरको १७ ठाउँबाट चार बोका र ३६ खसी गरी ४० खसीबोका चोरी गरेर बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरी भएका खसीबोका खरिद गरी मासु बिक्री गर्दै आएका रामेछाप मन्थली नगरपालिका–५ सुनारपानी घर भई अहिले काठमाण्डौको पेप्सीकोला बस्दै आएका रामेछाप–उदयपुर मासु पसल सञ्चालक ४३ वर्षीय दिलबहादुर कार्कीलाई पनि पक्राउ गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.