काठमाडौं । खुलामञ्च अतिक्रमण गरी बनाइएका टहरा डोजर लगाएर भत्काइएको छ ।
आज बिहान काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो । सार्वजनिक सभा समारोह हुने खुल्लामञ्च अतिक्रमण पछि कुनै सभासमारोह भएका थिएनन् । राजनैतिक दलले सडककमा आमसभा गर्ने गरेका थिए ।
जसका कारण सरकारको आलोचना हुदै आएको थियो ।
