भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

खोज र खोप अभियान’ सञ्चालन गरिने

खोज र खोप अभियान’ सञ्चालन गरिने

रुकुम(पूर्व) । जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ । कोभिड—१९ विरुद्धको खोप लगाउने लक्षित जनसङ्ख्या धेरै छुटेकाले उनीहरुका लागि समुदाय स्तरमा यो अभियान सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकले अभियानलाई सफल बनाउनका लागि केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाको नेतृत्वमा समुदायस्तरमा जाने निर्णय गरेको हो । अन्य जिल्लाको तुलनामा रुकुम ९पूर्व० मा खोप कार्यक्रमको पहुँचमा नपुगेका मानिस बढी भएको भन्दै पालिकाबाट सञ्चालन खोप कार्यक्रमको क्षेत्र विस्तार गर्नुपर्ने निष्कर्ष छलफलबाट निस्किएको छ ।

जिल्लामा खोप थन्किएको छ । खोप लगाउने मान्छे नआउँदा भने खोप कार्यक्रम प्रभावित बन्न पुगेको बताइएको छ । भूमे र सिस्ने गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन भएपनि पुथाउत्तरगङ्गा गाउँपालिकामा खोप लगाउन मानिस नआउँदा कार्यक्रम नै प्रभावित हुन पुगेको स्वास्थ्य कार्यालय रुकुम ९पूर्व० ले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.