काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँड टुंगो लगाउन आज दिउँसो गठबन्धनको बैठक बस्दै बस्दै छ । सोमवार दिउँसो कार्यदलको बैठक बसेको थियो ।
प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँडबारे गठबन्धनमा कुरा मिल्न सकिरहेको छैन । आजको बैठकबाट सिट बाँडफाँडबारे टुंगो लाग्ने बताइएको छ ।
बैठकले निर्वाचन क्षेत्र सहितको बाँडफाँडको टुंगो लगाउने नेताहरूले दावी गरेका छन् । आजै शीर्ष नेतासहितको बैठक पनि बस्ने तयारी भइरहेको छ ।
