भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

गणपुरक संख्या नपुग्ने कस्तो संसद, कस्तो अनुशासन ?

गणपुरक संख्या नपुग्ने कस्तो संसद, कस्तो अनुशासन ?

काठमाडौं । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा गणपुरक संख्या नपुग्नु दुखद विषय हो । मंगलबारको संसद बैठमा ६९ जना सांसद उपस्थित नभएपछि संसद बैठक स्थगित भएको छ । बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस’ भनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव पेस गरेका थिए । सभामुख देवराज घिमिरेले यो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लागेपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै सांसदहरू सुमना श्रेष्ठ, दामोदर पौडेल बैरागी र ठाकुर गैरेले नियमापत्ति जनाएका थिए ।

गणपूरक सङ्ख्या नपुगेपछि मङ्गलवारका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सकिएको हो । विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको यो विधेयक गएको वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्नका लागि केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक रहेको भन्दै कानुनमन्त्री गुरुङले विधेयक संसदमा दर्ता गराएका थिए ।

सांसदहरूको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको सङ्ख्या यकिन गर्न निर्देशन दिएका थिए । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधिसभामा कायम रहेका दुई सय ७५ सदस्यको एक चौथाइ (६९) हुनुपर्नेमा ५९ मात्रै पुगेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते सोमवार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।

 


Thali Mobile Pvt.Ltd.